Nic Ad Nic Ad
Nic Ad Nic Ad

चित्रबहादुरले भने –गणतन्त्र नरहँदैमा के बिग्रिन्छ ?

शुक्रबार, फागुन १९, २०७९

बागलुङ –राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लामो संघर्ष र बलिदानबाट ल्याएको लोकतन्त्र नै सिध्याउन विभिन्न शक्ति लागेको आरोप लगाएका छन् । 

बागलुङमा शुक्रबार आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुक अस्थिरतातिर गइरहेको बताए ।

‘शासन प्रणाली फेरियो, राणा शासनको ठाउँमा राजा शासन आयो, पञ्चायती व्यवस्थाका ठाउँमा गणतन्त्र आयो, संघीयता आयो तर नेपाली जनताको अवस्थामा परिवर्तन आएको, गाउँमा बस्ने सर्वसाधारणलाई गणतन्त्र गएर के भो?, गणतन्त्र रहेर के हुन्छ?, लोकतन्त्र सिद्धिएर के हुन्छ?’ उनले प्रश्न गरे ।

गाउँमा बस्ने सर्वसाधारणलाई राजतन्त्र गएर लोकतन्त्र वा गणतन्त्र आएर केही फरक पार्न नसकेको अध्यक्ष केसीको भनाइ छ ।

स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्थामा कुनै परिवर्तन नआएको उनले बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले सत्ताको लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धिलाई सिध्याउने खेलमा विभिन्न शक्तिहरू लागेको बताए ।

उनले अहिलेको राजनीति विकृत बन्दै गएको बताए। राजनीति गर्नेहरूले देश र जनताको लागि नभइ आफ्नो स्वार्थका लागि गर्ने गरेको भन्दै यसले कुनै पनि हालत आम नागरिकको जीवनमा परिवर्तन ल्याउन नसक्ने दाबी गरे ।

‘नेपालका राजनीतिक पार्टीहरूको समस्या त्यही हो, मैले पनि ५०÷५५ वर्षदेखि हेरिराखेको छु । लोकतान्त्रिक आन्दोलनमा गणतान्त्रिक आन्दोलनमा सँगै छु, सबै हेरिरहेको छु‚’ उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्