Nic Ad Nic Ad
Nic Ad Nic Ad

पौडेलले मागे रास्वपासँग मत

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ –८ दलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मत मागेका छन ।

कांग्रेसका प्रवक्तासमेत रहेका डा. प्रकाशशरण महतसहितका नेताहरुलाई साथमा लिएर पौडेल शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका थिए ।

जबाबमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पार्टीका छलफल गरेर नै मत दिने वा नदिने निर्णय गरिने बताए ।

बिहीबार मात्रै एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टी नेताहरुलाई भेटेर सहयोग मागेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्