Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईसीसी विश्वकप लिग–२ : पपुवा न्यु गिनीविरुद्ध नेपालको रोमाञ्चक जित

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं –आसिफ शेखको सानदार ब्याटिङमा नेपालले युएईमा भइरहेको आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा ३ विकेटले विजयी हासिल गरेको छ ।

नेपालका ओपनर ब्याट्सम्यान आसिफले अविजित ८६ रन बनाए । आठौं विकेटका लागि क्रिजमा आएका सन्दीप लामिछानेले पनि उत्कृट साझेदारी खेल्दै नेपाललाई विजयी गराए । लामिछानेले ३५ रन बनाएर अविजित रहे । नवौँ क्रममा आएका सन्दीपले ओपनर आशिफलाई सन्दीपले बलियो साथ दिए । उनीहरू दुबैले ७७ रनको पार्टनरसिप गरे । 

त्यसअघि कुशल मल्लबाहेक कसैले दोहोरो अंक जोड्न सकेका थिएनन् । मल्लले २३ रन बनाए ।

टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्यु गिनीले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । 

यससँगै नेपालको ग्लोबल क्वालिफायर्समा पुग्ने सम्भावना जीवितै रहेको छ ।

विश्वकप छनौटमा पुग्न नेपालले बाँकी सबै खेल जित्नै पर्ने दबाब छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्