Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्छ: कांग्रेस उपसभापति खड्का

शुक्रबार, फागुन १९, २०७९

सुर्खेत –नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पद प्राप्तिका लागि अहिलेको गठबन्धन नभत्किने बताएका छन् । उनले अजेण्डा मिल्ने दलहरू एक ठाउँमा उभिएको बताउँदै ती अजेण्डाहरु कार्यान्वयन नहुँदासम्म गठबन्धन नटुट्ने उल्लेख गरे ।

‘पद प्राप्तिका कारणले भत्किएको गठबन्धन अब कहिल्यै पदका कारणले नभत्कने गरेर एक ठाउँमा आइपुगेको छ,’ शुक्रबार राष्ट्रपति निर्वाचन लक्षित ८ दलका प्रदेशसभा सदस्यहरुका लागि आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्दै देशलाई समृद्धिको मार्गमा डो¥याउने उद्देश्य पूरा नहुँदासम्म यो गठबन्धन रहन्छ ।’

खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए । ‘राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै सरकार गठनको प्रक्रिया सुरु गछौं ।’

उपसभापति खड्काले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको तल्लोस्तरको विश्वासघात र धोका तथा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा व्यक्त विचारका कारण नयाँ परिस्थितिको सृजना भएको बताए । ‘पुस १० मा कांग्रेस सभापतिलाई एमाले अध्यक्षले दिनु भएको धोका र संसदमा विश्वासको मत दिँदा असंबैधानिक संसद विघटनलाई संबैधानिक जामा लगाउन खोजेपछि अहिलेको अपरिस्थितिको सृजना भएको हो,’ उनले भने, ‘अब जनतासँग गरेका बाचा र प्रतिवद्धता अनुसार अहिलेको गठबन्धन अगाडि बढ्छ ।’  


 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार