विश्वकपमा छनोट भएर नेपाली युवा टिम स्वदेश फिर्ता
काठमाडौँ –युनाइटेड अरब इमिरेट्स (यूएई)मा सम्पन्न यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको उपाधि जित्दै युवा विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको छ ।
विश्वकपमा स्थान बनाएको नेपाली टिमका सदस्यलाई नेपाल क्रिकेट संघ (क्यान)ले जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।
छनोटको अन्तिम खेलमा बिहीबार घरेलु टिम यूएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिमले आगामी वर्ष श्रीलंकामा हुने युवा क्रिकेट विश्वकपमा स्थान पक्का गरेको थियो । इडेन गार्डेन ओभल अज्मानको भएको निर्णायक खेलमा नेपालले प्रस्तुत गरेका १९२ रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८६ रनमै समेटिएको थियो ।
नेपालले आठ वर्षपछि यूवा विश्वकपका स्थान बनाएको हो । नेपालले पछिल्लो पटक सन् २०१६ यूवा मा विश्वकप खेलेको थियो । त्यसबेला नेपाल विश्वकपको क्वार्टरफाइनलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।
त्यसअघि नेपालले छनोटको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले, दोस्रो खेलमा कुवेतलाई २४३ रनले, तेस्रो खेलमा हङकङलाई नौ विकेटले र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।