सञ्चालनमा आयो सिके सिनेमाज्
काठमाडौँ –सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले शुक्रबार हलको सुभारम्भ गरे । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ ।
अध्यक्ष केसी भने, ‘सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर हो । शहरमा मात्र होइन, वर्तमान समयमा सिनेमा हलको माग गाउँसम्म विस्तार गर्न जरुरी छ । यसले चलचित्र क्षेत्रको विकासमा मद्दत पु¥याउँछ ।’
कार्यक्रममा प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा उद्घाटन गरिएको हल सबैको साझा सम्पति भएकाले यसलाई सभ्य ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा तीन सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको सञ्चालक नरेन्द्र महर्जनले जानकारी दिए ।
दुई पर्दा रहेको सिके सिनेमाज्मा नेपाली सिनेमा छड्के दुई र छक्का पञ्जा चार रिलिज भएका छन् ।