Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिलागुफा नगरपालिकालाई सम्मान

शुक्रबार, फागुन १९, २०७९

कालिकोट –जिल्ला समन्वय समिति कालिकोटले तिलागुफा नगरपालिकालाई सम्मान गरेको छ । 

चौथो जिल्ला सभामा स्थानीय तहहरूको संस्थागत क्षमता मूल्यांकनमा जिल्लाभरीकै उत्कृष्ट अंक ल्याएकोमा तिलागुफालाई सम्मान गरेको हो । 

स्थानीय तहहरूको संस्थागत क्षमता मूल्यांकनमा जिल्लाभरीकै उत्कृष्ट अंक ल्याउने तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायलाई कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले सम्मान गरे । 

कालिकोटमा ९ वटा स्थानीय तह छन् । जसमा तिलागुफाले स्थानीय तहको संस्थागत क्षमता मूल्यांकनमा ७२ दशमलव ७५ र वित्तीय सुशासन जोखिम मूल्यांकनमा ६५ दशमलव ५ अंक ल्याएको थियो । 

दोस्रोमा नरहरीनाथ गाउँपालिका, तेस्रोमा रास्कोट नगरपालिका, चौथोमा खाँडाचक्र नगरपालिका, पाँचौमा सान्नीत्रिवेणी गाउँपालिका, छैटौँमा पचालझरना गाउँपालिका, साँतौमा महाँवै गाउँपालिका आठौँमा पलाँता गाउँपालिका र ९ औँ मा शुभकालिका गाउँपालिका भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २१:३९
प्रतिक्रिया दिनुहोस्