Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलात्कारको आरोप लागेका हकिमीमाथि फ्रान्सेली अभियोजनकर्ताद्वारा सोधपुछ

शनिबार, फागुन २०, २०७९

पेरिस– फ्रान्सको प्रसिद्ध फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोरक्कोका डिफेन्डर अच्राफ  हकिमीमाथि बलात्कारको आरोप लगाइएको फ्रान्सेली अभियोजनकर्ताले शुक्रबार बताएका छन् ।

२४ वर्षीय हकिमीलाई २४ वर्षकै एक युवतीले लगाएको आरोपका सम्बन्धमा बिहीबार अभियोजकहरूले सोधपुछ गरेका थिए ।

गत वर्ष कतारमा भएको विश्वकपको सेमिफाइनलमा मोरक्कोको ऐतिहासिक यात्राको महत्वपूर्ण हिस्सा रहेका रियल म्याड्रिडबाट फुटबल खेलमा ख्याती कमाएका हकिमी शुक्रबार बिहान पिएसजीको प्रशिक्षणमा देखिएका थिए । एएफपीसँगको सम्पर्कमा क्लबले उनीविरूद्धको आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।

हकिमीलाई आफ्नी श्रीमती र छोराछोरी छुट्टीमा टाढा रहेको बेला आफ्नो घर आउनका लागि ती युवतीलाई पैसा तिरेको आरोप लगाइएको छ ।

सोमबार, हकिमी पेरिसमा फिफा बेस्ट अवार्ड समारोहमा देखा परेका थिए । उनलाई पेशेवर फुटबलरहरूको लागि विश्वव्यापी प्रतिनिधि संगठन (एफआइएफप्रो) पुरुष वर्ष खेलाडीको रूपमा सम्मान गरिएको थियो ।
 
कतारमा सम्पन्न विश्वकप फुटबलमा उनी मोरक्काकोे फुटबल टोलीको महत्वपूर्ण खेलाडीका रूपमा देखिएका थिए । मोरक्को अरब संसारबाट विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो राष्ट्र बनेको थियो । 

फ्रान्सको कानुनअनुसार अभियोग लाग्नुको अर्थ मुद्दा सुनुवाइमा जाने भन्ने छैन ।
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०५:५६
प्रतिक्रिया दिनुहोस्