Nic Ad Nic Ad
Nic Ad Nic Ad
आजको मौसम :

देशका पहाडी भागमा चट्याङसहित वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात

शनिबार, फागुन २०, २०७९

काठमाडौँ– आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

यस्तै, देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । 

आज राति  कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।  यी तीनवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

  
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०६:३२
प्रतिक्रिया दिनुहोस्