Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुससँग लड्न अमेरिकाले युक्रेनलाई दियो ४०० मिलियन डलरको हतियार

शनिबार, फागुन २०, २०७९

काठमाडौँ –रुससँग युद्धरत युक्रेनलाई अमेरिकाले फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४०० मिलियन डल बराबरको सैन्य उपकरण र हतियार पठाएको बताएको छ ।

रक्षा मन्त्रालयले यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको बताएको छ ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० अर्ब डलरभन्दा बढी सहयोग पठाइसकेको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्