Nic Ad Nic Ad
Nic Ad Nic Ad

छड्के २ र छक्का पन्जा ४ रिलिज

शनिबार, फागुन २०, २०७९

काठमाडौँ –नेपाली चलचित्र छड्के २ र छक्का पन्जा ४ शुक्रबार एक्कै दिन रिलिज भएको छ । दिपकराज गिरी र दिपाश्री निरौला टिमले तयार गरेको छक्का पन्जा ४ र युवास्टार अनमोल केसीको मुख्य अभिनय रहेको छड्के २  नेपाली चलचित्र एक्कै दिन सार्वजनिक भएको हो ।

सार्वजनिक हुनु अघि नै यी दुई नेपाली चलचित्रको टेलरबाट नै नेपाली दर्शकहरुले चलचित्रको प्रस्तुतीको अनुमान लगाइ सकेका थिए । त्यसैले पहिलो दिनको प्रर्दशनबाट चलचित्रको समीक्षा गर्न गाह्रो भएको छ ।   

हेमराज विसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको अभिनय छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा दीपकराज स्वयंको कथा, पटकथा तथा संवाद छ ।

यस्तै ग्याङस्टर जनरामा निर्माण भएको ‘छड्के २’लाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानको पनि अभियन छ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ चलचित्रका निर्माता हुन् ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्