Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्र, राष्ट्रियता र धर्म–संस्कृति बचाउन माग गर्दै दुर्गा प्रसाईंसहितका अभियानकर्ता सडकमा 

शनिबार, फागुन २०, २०७९

काठमाडौँ– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउन तथा राजसंस्थाको माग गर्दै व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियानकर्ता अहिले सडकमा उत्रिएका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियानको नाममा उनीहरू सडकमा उत्रिएका हुन् ।

एउटा र्याली केहीबेरअघि माइतीघरदेखि नयाँ बानेश्वर पुगेको छ । कार्यक्रमस्थल नयाँ बानेश्वर जान क्रममा उनीहरूले राजसंस्था पुनस्र्थास्पना, हिन्दूराष्ट्रको पक्ष र संघीयताको विरुद्धमा नारा लगाएका थिए ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह पनि अभियानका सहभागी हुने बताएका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्