Nic Ad Nic Ad
Nic Ad Nic Ad

चाइना ट्रेड लिंकले संकटा क्लबलाई ७ लाख बराबरको खेल सामग्री दियो

शनिबार, फागुन २०, २०७९

काठमाडौँ –‘ए’ डिभिजन लिगका लागि संकटा क्लबलाई यु क्यान ब्रान्डको चाइना ट्रेड लिंक प्रालिको लिनिङले जर्सीसहित खेल सामग्री प्रायोजन गरेको छ ।

क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै लिनिङसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र चाइना ट्रेड लिंक प्रालिका प्रबन्ध निर्देशक राजन महर्जनले हस्ताक्षर गरेका छन् । क्लब र चाइना ट्रेड लिंक प्रालिबीच एक वर्षको सम्झौता भएको हो । 

सम्झौताअनुसार चाइना ट्रेड लिंक प्रालिले क्लबलाई करिब ७ लाख बराबरको खेल सामग्री दिनेछ । 

यस्तै एक वर्षको सम्झौताअनुसार खेलाडीलाई निल डेभिडले हेयर कटलगायत सुविधा दिइनेछ । 

क्लबले यो सिजनको लागि २ करोड ४० लाख रुपैयाँ खर्च गर्न लागेको छ ।

संकटालाई यस पटकको लिगका लागि महानगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ । अन्य प्रायोजन पनि खोजिरहेको अध्यक्ष तुलाधरले बताए ।  

शुक्रबार सुरु भएको लिगमा संकटा चौथोपटक लिग च्याम्पियन बन्ने लक्ष्यमा छ । क्लबले आइतबार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ ।


 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्