Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाइजेरियामा तेलको पाइपलाइन विस्फोट : १२ जनाको मृत्यु

शनिबार, फागुन २०, २०७९

अबुजा– नाइजेरियाको दक्षिणी राज्य रिभर्समा तेलको पाइपलाइन विस्फोटमा शुक्रबार बिहान कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीको इमुओहा स्थानीय सरकारी क्षेत्रको रुमुएक्पे समुदायमा स्थानीय बासिन्दाहरूले पाइपलाइनबाट तेल निकाल्ने क्रममा विस्फोट भएको  रिभर्सका प्रहरी प्रवक्ता ग्रेस इरिन्गे(कोकोले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् । 

अहिलेसम्म सो घटनामा कम्तीमा १२ जना जलेर मृत्यु भएको जनाइएको छ । यद्यपि पीडितहरूको परिचय भने खुल्न सकेको छैन ।  यसैबीच स्थानीयवासीले पाइपलाइनबाट इन्धन निकाल्न प्रयोग गर्ने पाँचवटा सवारीसाधन र चारवटा ट्राइसाइकल विस्फोट भएको ठाउँमा जलेर खरानी भएको पनि प्रहरी प्रवक्ताले बताए ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त घटना शुक्रबार बिहानै पाइपलाइनबाट सिफन गरिएको कच्चा तेलले भरिएको बस सो क्षेत्रको अवैध रिफाइनिङ प्वाइन्टतर्फ जाने क्रममा आगोमा परेको थियो र सो दुर्घटना भएको थियो । 

नाइजेरियामा तेलका पाइपलाइन तोडफोड र तेल चोरी बारम्बार दोहोरिरहने घटनाहरू हुन् । 
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्