Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेले गरेका काम जनतासम्म पुर्‍याउन ‘मिसन ग्रासरुट’ : रायमाझी

शनिबार, फागुन २०, २०७९

अर्घाखाँची –नेकपा (एमाले)का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पु¥याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन् । 

प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा शनिबार आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’  बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए । उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभर ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।

एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्विप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे । वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो ।  

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्