Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोस्रो परवानीपुर गोल्डकप २७ फागुनदेखि

शनिबार, फागुन २०, २०७९

वीरगञ्ज –दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता २७ फागुनदेखि हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो ।

आयोजक क्लबका अध्यक्ष अलिअख्तर आलमले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले त्रिभुवण लोकमार्गमा वीरगन्ज महानगरपालिका –२१ परवानीपुरको खेल मैदानमा फागुन २७ शनिबार अपरान्ह ३ बजेबाट खेल प्रतियोगीता सुरु हुने जानकारी दिए ।

उनका अनुसार विगत लामो समयपछि रोकिएको फुटबल प्रतियोगिता गत वर्षदेखि परवानीपुरमा सुरु गरिएकाले यस पटकका लागि निःशुल्क रूपमा दर्शकका लागि खेल हेर्न सकिने व्यवस्था गरिएको छ ।

दोस्रो फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा कृष्णा फाउन्डेशन, बैंगलोर रहेको छ भने अन्य एक दर्जनभन्दा बढी विभिन्न सह–प्रायोजकहरू रहेको उनले बताए ।

यस्तै, वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाले खेल प्रतियोगितामा विशेष सहयोग गरेका छन् ।

एक सातासम्म चल्ने फुटबल प्रतियोगितामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमती प्रदेशका दुईवटा गरी ८ वटा टिमले भागले लिने भएका हुन् ।

प्रतियोगितामा आयोजक परवानीपुर युथ क्लब, नवजनजागृति युवा क्लब सिमरा, वीरगन्ज युनाइटेड क्लब वीरगन्ज, जनकपुर स्पोर्ट क्लब धनुषा, बेल्खाडी युवा क्लब महोतरी, हेटौँडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।

प्रतियोगितामा विजेता हुने टिमले एक लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद ७५ हजारसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् ।

प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर र कोचलाई जनहि ५–५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै, प्रतियोगिता भरीमा उत्कृष्ट (म्यान अफ द सिरिज) हुने खेलाडीले १० हजार पाउनेछन् ।

–दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता २७ फागुनदेखि हुने भएको छ । परवानीपुर युथ क्लबको आयोजनमा दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो ।

आयोजक क्लबका अध्यक्ष अलिअख्तर आलमले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक क्लबले त्रिभुवण लोकमार्गमा वीरगन्ज महानगरपालिका –२१ परवानीपुरको खेल मैदानमा फागुन २७ शनिबार अपरान्ह ३ बजेबाट खेल प्रतियोगीता सुरु हुने जानकारी दिए ।

उनका अनुसार विगत लामो समयपछि रोकिएको फुटबल प्रतियोगिता गत वर्षदेखि परवानीपुरमा सुरु गरिएकाले यस पटकका लागि निःशुल्क रूपमा दर्शकका लागि खेल हेर्न सकिने व्यवस्था गरिएको छ ।

दोस्रो फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा कृष्णा फाउन्डेशन, बैंगलोर रहेको छ भने अन्य एक दर्जनभन्दा बढी विभिन्न सह–प्रायोजकहरू रहेको उनले बताए ।

यस्तै, वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाले खेल प्रतियोगितामा विशेष सहयोग गरेका छन् ।

एक सातासम्म चल्ने फुटबल प्रतियोगितामा ८ वटा फुटबल टिमले भाग लिने आयोजकले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाका ६ वटा र बागमती प्रदेशका दुईवटा गरी ८ वटा टिमले भागले लिने भएका हुन् ।

प्रतियोगितामा आयोजक परवानीपुर युथ क्लब, नवजनजागृति युवा क्लब सिमरा, वीरगन्ज युनाइटेड क्लब वीरगन्ज, जनकपुर स्पोर्ट क्लब धनुषा, बेल्खाडी युवा क्लब महोतरी, हेटौँडा फुटबल एकेडमी हेटौडा, बिएफसी क्लब भरतपुर नारायणगढ सहितका टिम सहभागी हुने अध्यक्ष आलमले बताए ।

प्रतियोगितामा विजेता हुने टिमले एक लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद ७५ हजारसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् ।

प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर र कोचलाई जनहि ५–५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै, प्रतियोगिता भरीमा उत्कृष्ट (म्यान अफ द सिरिज) हुने खेलाडीले १० हजार पाउनेछन् ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्