सहिद स्मारक ‘ए’ डिभिजन : एपीएफ र चर्च ब्वाइजको विजयी सुरुआत
काठमाडौँ – विभागीय टोली एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद् सुरुआत गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक÷एक गोल गरे ।
जितसँगै एपीएफले पहिलो खेलमा तीन अंक जोडेको छ । एपीएफले भने हारबाट लिगको सुरुआत गरेको छ ।
त्यस्तै, नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले पनि लिगमा विजयी सुरुआत गरेको छ । च्यासल मैदानमा शनिबार भएको डेब्यू खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।
चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे । पुलिसका रवि पासवानले एक गोल गरे ।
प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९ १७:०१
प्रतिक्रिया दिनुहोस्