Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपा : निर्वाचनमा अन्तर्घात गर्ने ८० जनामाथि कारबाही सिफारिस

शनिबार, फागुन २०, २०७९

काठमाडौँ –जनता समाजवादी पार्टी, नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि कारबाहीको सिफारिस गरिएको प्रतिवेदन पार्टीलाई बुझाइएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो । 

कारबाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् । जसमध्ये ८० जनालाई कारबाहीको सिफारिस गरिएको छ । 

छानविन समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको हो ।

गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्यलाई पनि कारबाही सिफारिस गरिएको छ ।

शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९ औँ दिनमा प्रतिवेदन हस्तान्तरण गरेको छ । पार्टीको आगामी बैठकमा प्रतिवेदन प्रस्तुत भएर विधानको व्यवस्था बमोजिमको कारबाहीको प्रक्रिया बढाइने छ । 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्