नेभिगेशन
समाचार

कफीसपबाट खसेका नेकपा एसका नेता उपाध्यायको निधन

उपाध्यायको रहस्यमय दुर्घटनाबाट मृत्यु–प्रवक्ता जगन्नाथ खतिवडा, एकीकृत समाजवादी

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छतबाट खसेर निधन भएको छ ।

कफीसपबाट खसेका नेकपा एसका नेता उपाध्यायको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा  उपचारको क्रममा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए ।

आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । उनलाई तत्कालै नयाँबानेश्वरस्थित निजामति अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पुर्‍याइएको थियो । 

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले नेता उपाध्यायको रहस्यमय दुर्घटनाबाट मृत्यु बताएका छन् ।

नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवले घटनाबारे छानबिन भइरहेको बताएका छन् । पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।

उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो ।

नेता उपाध्याय नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका भाई हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार