Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालेनले कवितामार्फत भने– अध्यारो रातपछी जहिले बिहानी आउँछ ?

शनिबार, फागुन २०, २०७९

काठमाडौँ – काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा कवितामार्फत भावना व्यक्त गरेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख शाहले प्रश्न गर्दै कवितामार्फत भावना व्यक्त गरेका हुन् ।

उनले प्रश्न गर्दै कविता लेखेका छन् ‘अँध्यारो रातपछि जहिले बिहानी आउँछ?, कवितामा उनले देश के हो ?, जमीन कि मान्छे ?, अन्नको मालिक किशान कि भान्से ?’ 

प्रमुख शाहले केही दिअघि आफूलाई महानगरपालिकाको मेयर पद छाड्न दबाब आइरहेको फेसबुकमार्फत अभिव्यक्ति दिएका थिए । 

उनले आज आशा र निराशामिश्रित भावना कवितामार्फत व्यक्त गरेका हुन् ।

यस्तो छ उनको कविता–  

अध्यारो रात पछी जहिले बिहानी आउँछ?

विदेशी वाद माथि कस्ले सिरानी लाउँछ ?

देश के हो ? जमीन कि मान्छे ?

अन्नको मालिक किशान कि भान्से ?

यो वायु, आकाश , यो मिति

यो राज्य ,जवाब , यो निती ,

यो प्रभावले कस्को कहाँनी सुनाउँछ ?

अध्यारो रात पछी कहिले बिहानी आउँछ ? ?

 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्