Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुनी फुटबल टिम एभिनियरले जित्यो

शनिबार, फागुन २०, २०७९

धरान– धरानमा जारी २३औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टिम एभिनियर जितेको छ । 

धरान १६ स्थित रङ्गशालामा आज सम्पन्न फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो ।

एभिनियरको जितमा सब्बा अलीले खेलको ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । विजेता टिमले नगद १० लाख र उपविजेता काँकडभिट्टाले पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताको सबैभन्दा धेरै गोल गर्ने केएफटिसीका निशान लिम्बूले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनले प्रतियोगिताभर तीन गोल गरेका थिए ।

त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भए । उनीहरुले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरे । 

फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित हुदैं नगद १० हजार रुपैयाँ पुरस्कार हात पारे । राइजिङ प्लेयरमा धरान फुटबल क्लबका विनोद राई घोषित भए ।

विजेता तथा उपविजेता खेलाीलाई प्रमुख अतिथि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले पुरस्कार र मेटल प्रदान गरे । 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्