नेभिगेशन
सुरक्षा–अपराध

फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु, पाँच घाइते

गण्डकी– पोखरामा आज दिउँसो ४ः१० बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएकी पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीय याममाया गिरीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । 

डुङ्गामा सवार छ जनामध्ये अन्य पाँच जनाको अवस्था भने सामान्य रहेको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध