नेभिगेशन
समाज विविध
आजको मौसम :

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौँ– आज दिउँसोː देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

यस्तै, कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत  रहेको छ।  

साथै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा अपरान्हतिर हावाहुरीको सम्भावना रहेको छ।

यसैगरी, राति  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।  कोसी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता