Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वाधार निर्माणको विस्तार गर्दा टेलिकमको संरचनामा क्षति

आइतबार, फागुन २१, २०७९

काठमाडौँ –नेपाल टेलिकमले ग्राहकलाई सेवा प्रदान गर्न अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी सेवा सञ्चालन गरिरहेको छ ।

सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने गरेको छ । यसले गर्दा हजारौ ग्राहक वर्तमान समयमा अत्यावश्यक भइसकेका दूरसञ्चार सेवा प्राप्त गर्नबाट तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ । 

यही क्रममा काठमाडौँ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, कीर्तिपुरलगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौं ग्राहक केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको थियो । 

यस्तै अवस्थालाई मध्यनजर गरी संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता रहेको छ । कम्पनी सबै निकायसँग समन्वय र सहकार्यका लागि सदैव तत्पर छ । दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवा समेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिनुहुन अनुरोध गरेको छ ।

संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत कार्य अघि बढाउने गरिएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्