नेभिगेशन
अटोमोबाइल्स

आइएमइ समूहको प्राविधिक स्कूल सुरु

काठमाडौँ –बैंक, वित्त, बीमा, जलविद्युत्, अटोमोबाइल, पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गरेको आइएमइ समूहले एकै छानामुनि सबै किसिमका शीपमूलक तालीम दिने प्राविधिक स्कूल सञ्चालन सुरू गरेको छ ।
आइएमइ समूहले प्रवद्र्धन गरेको काठमाडौँ टेक्निकल स्कूलले अतिथि सत्कार तथा पर्यटन, वाणिज्य व्यवस्थापन तथा उद्यमशीलता, प्रोफेशनल डेभलपमेन्ट, इन्जिनीयरिङ र स्वास्थ्य विधाका तालीम दिने स्कूलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपेन्द्र शर्मा घिमिरेले जानकारी दिए ।
अतिथि सत्कार र पर्यटनअन्तर्गत अतिथि सत्कार व्यवस्थापन, साना होटेल तथा लज सहायक, बारटेन्डर, वेटर, कमर्सियल कुक, बेकर, बरिस्ताको तालीम उपलब्ध छ । बिजनेश म्यानेजमेन्टअन्तर्गत सहकारी म्यानेजर, इन्टरप्राइजेज डेभलपमेन्ट फ्यासिलिटेटर, लाइब्रेरी सहायक, सेल्स पर्सन र बचत तथा ऋण परिचालनसम्बन्धी तालीम दिइने घिमिरेले बताए ।
प्रोफेशनल डेभलपमेन्टअन्तर्गत कम्प्युटर हार्डवेयर तथा नेटवर्क टेक्निसियन, इलेक्ट्रिसियन, एलसीडी, एलईडी टेलिभिजन मर्मत, प्लम्बर र टेलिकम टेक्निसियनको तालीम दिइनेछ ।
त्यसैगरी इन्जिनियरिङअन्तर्गत ब्याकहो लोडर अपरेटर, एस्काभेटर अपरेटर र मोबाइल क्रेन अपरेटरको र स्वास्थ्य विधामा केयरगिभरको तालीम उपलब्ध रहेको घिमिरेले जानकारी दिए ।
काठमाडौंको सुकेधारामा रहेका ेस्कूलमा स्किल ल्याबसहितको पूर्वाधार छ । उक्त स्कूलले अतिथि सत्कार र केयर गिभिङसम्बन्धी तालिम शुरू गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स