Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य बढ्यो

आइतबार, फागुन २१, २०७९

काठमाडौँ –सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ५००रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ लाख २ हजार ८००रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्