नेभिगेशन
अटोमोबाइल्स

हिमालयन ब्रुअरीको प्रिमियम बियर ‘हिमालयन’ बजारमा

काठमाडौँ –सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ नेपाली बजारमा ल्याएको छ । होली पर्वलाई लक्षितगरी यो बियर नेपाली बजारमा ल्याइएको हो ।   गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन गरिएको हो ।

उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरु बियर भन्दा नयाँ र रिफ्रेशिङ्ग भएको कम्पनीले जनाएको छ ।  

‘फर द वन हु डेयरस्’ नाराका साथ बजारमा ल्याइएको यो बियरमा ६ प्रतिशत अल्कोहल छ । यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने विश्वास कम्पनीले लिएको छ । 

हिमालयन बियर ३३० र ६५० एमएल बोतलमा उपलब्ध छ । ६५० एमएल बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एमएलको बोतलको मूल्य १६५ रुपैयाँ गरेको छ ।  

हमालयन ब्रअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाडौँ र कमाण्डो जस्ता ब्रान्डमा बियर उत्पादन गर्दै आएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स