Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकी प्रदेशको वृत्तचित्र सार्वजनिक [भिडियोसहित]

आइतबार, फागुन २१, २०७९

पोखरा–नेपाललाई चलचित्र गन्तव्यको रूपमा प्रवद्र्धन गर्न तयार भएको ‘गण्डकी प्रदेश’को वृत्तचित्र इन्टरनेटमार्फत सार्वजनिक गरिएको छ । चलचित्र छायांकनको लागि खुल्ला स्टुडियोको रूपमा नेपाललाई प्रवद्र्धन गर्ने उद्देश्यले श्रव्यदृश्य सामग्रीसहित पहिलो चरणमा यो वृत्तचित्र सार्वजनिक गरिएको हो । 

करिब १० मिनेट लम्बाई रहेको यस वृत्तचित्रमा गण्डकीका केही प्रमुख स्थलहरू समेटिएको छ । वृत्तचित्रको निर्देश सुयोग गुरुङ्ले गरेका हुन् ।

प्रविधिको बढ्दो प्रयोगसँगै श्रव्यदृश्य सामग्रीमार्फत पनि प्रचार–प्रसार हुनुपर्ने आवश्यकता महसुस गरी नेपाल पर्यटन बोर्डले वृत्तचित्र निर्माण गरी पछिल्लो समय संयुक्त अरब इमिरेट्समा भएको ‘नेपाल चलचित्र फेस्ट’मा प्रदर्शन गरिएको थियो । बोर्ड अध्यक्ष भुवन केसीले ७ वटै प्रदेशमा रहेका छायांकन सम्भावित क्षेत्रहरूलाई समेटेर श्रव्यदृश्य सामग्री बनाउँदै जाने बताए ।

नेपालमा चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा सरकारको गहिरो चासो रहेको र सोही अनुरुप चलचित्र विकास बोर्डले काम गरिरहेको बोर्डका सूचना अधिकारी चिरञ्जीवी गुरागाईंले बताए ।

नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकन स्थलको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डबाट विभिन्न प्रयास पनि भएको छ । २०७६ सालमा लोकेशन गाइडको रूपमा विश्वव्यापी प्रयोग हुने उद्देश्यसहित ‘फिल्मिङ् इन नेपाल’ भाग–१ पनि प्रकाशन भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्