Nic Ad Nic Ad
Nic Ad Nic Ad

महासागर सन्धि अन्तिम चरणमा, राष्ट्रसंघद्वारा स्वागत

आइतबार, फागुन २१, २०७९

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका क्षेत्रहरूको समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोग सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ महासागर सन्धिको विषयवस्तुलाई अन्तिम रूप दिएकामा स्वागत गरेका छन् ।

महासचिवले राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका क्षेत्रहरूको समुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोग सुनिश्चित गर्ने पाठलाई अन्तिम रूप दिएकामा  सहभागी प्रतिनिधिहरूको प्रशंसा गर्नु भएको  विज्ञप्तिमा जनाइएको छ । 

लगभग दुई तिहाइ समुन्द्रलाई ओगटेको यो विषयलको सफलताले सामुद्रिक कानूनमा संयुक्त राष्ट्रसंघको विशेष भूमिकलाई प्रतिनिधित्व गर्दछ।

यो कार्य बहुपक्षीयताको लागि र सामुद्रिक जटिलताको सामना गर्ने र विनाशकारी प्रवृतिहरूको सामना गर्ने विश्वव्यापी प्रयासहरूको लागि अहिले र आगामी पुस्ताहरूका लागि पनि विजय हो । 

जलवायु परिवर्तन, जैविक विविधताको हानी र प्रदूषणको तीनवटा सङ्कटलाई सम्बोधन गर्न यो प्रयास महत्त्वपूर्ण छ।  साथै दिगो विकासका लागि सन् २०३० एजेन्डा र कुनमिङ–मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्कको सागर(सम्बन्धित लक्ष्यहरू प्राप्त गर्न पनि महत्त्वपूर्ण छ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २१:३५
प्रतिक्रिया दिनुहोस्