Nic Ad Nic Ad
Nic Ad Nic Ad

शरद भेषवाकर–निशा अधिकारीको अंश मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश

आइतबार, फागुन २१, २०७९

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छन् ।

अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिइन् ।

उनीहरूबीच २०७४ सालमा विवाह भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार