Nic Ad Nic Ad
Nic Ad Nic Ad

अजरबैजान–आर्मेनिया सीमामा गोली हानाहान : ३ जनाको मृत्यु

सोमबार, फागुन २२, २०७९

यरेरेभाग– काकेशसको विवादित नागोर्नो–काराबाख क्षेत्रमा आर्मेनिया र अजरबैजानको सीमानामा आइतबार भएको गोली हानाहानमा कम्तीमा तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

अजरबैजानको अर्मेनियाली जनसङ्ख्या भएको एन्क्लेभ काराबाखको नियन्त्रणका लागि जारी युद्धमा हजारौंको ज्यान  गएको छ ।

'अजरबैजानी सशस्त्र बलको एक समूहले प्रहरीको राहदानी र भिसा विभागको कारमा गोली चलाएको छ जसमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ,' आर्मेनिया समर्थक पृथकतावादी अधिकारीहरूले दाबी गरेका छन् । 

यद्यपि, अजरबैजानको रक्षा मन्त्रालयले यसलाई अस्वीकार गर्दै  दुवै पक्षबाट गोली हानाहानका कारण सो घटना घटेको बताएको छ । उता आर्मेनियाको विदेश मन्त्रालयले अजरबैजानको दाबीलाई तथ्यहीन भनेको छ । 

छिमेकी देश बीच सन् २०२० को युद्धपछि युद्धविराम भएको छ । तर, त्यो त्यति प्रभावकारी भने देखिएको छैन ।

 काराबाखको भाग जुन अझै पनि आर्मेनियाली पृथकतावादी नियन्त्रणमा रहेको छ र रुसी शान्ति सेनाले सुरक्षा गरेको छ।

आइतबारको झडपपछि आर्मेनियाले लाचिन कोरिडोर र नागोर्नो(काराबाखमा अन्तरराष्ट्रिय अन्वेषकको टोली पठाउन आग्रह गरेको छ ।  
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०६:०६
प्रतिक्रिया दिनुहोस्