Nic Ad Nic Ad
Nic Ad Nic Ad

बंगलादेशमा विष्फोट : ३ जनाको मृत्यु, ४० घाइते

सोमबार, फागुन २२, २०७९

ढाका– बंगलादेशको राजधानी ढाकामा आइतबार एक कम्पनीको कार्यालयमा भएको विष्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

न्यू मार्केट पुलिस स्टेशनका प्रमुख शाहबुल हक शाबुले आइतबार बिहान प्रहरी पुग्दा विष्फोटपछि आगलागी भएको र कार्यालयमा केही व्यक्ति घाइते अवस्थामा भेटिएको उनल बताए । 

विष्फोटलगत्तै उक्त भवनमा आगलागी हुँदा कम्तीमा २२ जना घाइते भएको उनले जनाए । स्थानीय सञ्चारमाध्यमले घाइतेको सङ्ख्या करिब ४० रहेको बताएका छन् । 

विष्फोटका कारण भवनको केही भाग भत्किएको अधिकारीहरूले बताए ।  

स्थानीय समयअनुसार आइतबार बिहान १०ः५० बजेको सूचनाका आधारमा अग्निनियन्त्रकका कम्तीमा चार समूह परिचालन गरिएको र करिब आधा घण्टापछि स्थिति नियन्त्रणमा आएको दमकल सेवा तथा नागरिक सुरक्षा नियन्त्रण कक्षकी ड्युटी अफिसर खालिदा यास्मिनले बताए । 

विष्फोटको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०६:१२
प्रतिक्रिया दिनुहोस्