सुटिङ गर्दा गर्दै अमिताभ बच्चन घाइते
काठमाडौँ-बलिउड अभिनेता अमिताभ बच्चन सुटिङका क्रममा घाइते भएका छन् । हैदराबादमा फिल्म ’प्रोजेक्स के’ को सुटिङका क्रममा बच्चन घाइते भएका हुन् ।
उनको करङमा चोट लागेको छ । स्वास्थ्य जाँचपछि उनलाई मुम्बइ पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वास फर्ने र हिँडडुल गर्न कठिनाइ भइरहेको र दुखाइ ठिक गर्न औषधि लिइरहेको उनले जानकारी दिएका छन् ।
चिकित्सकले केही समय आराम गर्न सल्लाह दिएका छन् । उनले सबै भेटघाट र निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९ १३:२९
प्रतिक्रिया दिनुहोस्