नेभिगेशन
समाज विविध

यस्तो छ सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन कार्यतालिका

कञ्चनपुर-सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । 

निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते संघ÷संगठन दर्ताको समय तोकिएको छ । २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ । 

चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानको समय क्याम्पसमा निर्वाचन समितिले तोके अनुसार हुने सक्ने सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । 

चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मोन अवधि सुरू हुनेछ ।

talika1678093981.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता