नेभिगेशन
समाज विविध

प्रधानमन्त्री दाहालद्वारा नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का दिवंगत नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री दाहालले नेता उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

शनिबार काठमाडौँको शङ्खमूलस्थित रेस्टुरेन्टबाट खसेर नेता उपाध्यायको मृत्यु भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन् । 

प्रधानमन्त्री दाहालले अध्यक्ष नेपाल र उनको  परिवारजनमा समवेदना व्यक्त गरे । दिवङ्गत नेता उपाध्यायको अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित