बूढानीलकण्ठ सर्दै राष्ट्रपति भण्डारी
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतल निवास छाड्ने तयारी गरेकी छिन् ।
२५ फागुनमा हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति भण्डारी आफ्नो दोस्रो कार्यकाल पूरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन् ।
उनी बूढानीलकण्ठ नगरपालिका–२ स्थित आफ्नै निवासमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।
संविधानले फागुन २८ सम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ । नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्ने व्यवस्था छ ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको नतिजा सोही दिन आउने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९ १६:५०
प्रतिक्रिया दिनुहोस्