Nic Ad Nic Ad
Nic Ad Nic Ad

फागुपूर्णिमा पर्वमा लक्ष्मीनारायणको रथयात्रा

सोमबार, फागुन २२, २०७९

त्रिशूली– फागुपूर्णिमा तथा होली पर्वका अवसरमा आज नुवाकोटको विदुरमा लक्ष्मीनारायणको रथयात्रा निकालिएको छ ।

परापूर्वकालदेखि नै फागुपूर्णिमाका अवसरमा निकालिने गरिएको लक्ष्मीनारायणको रथ यात्रालाई यो वर्ष पनि निरन्तरता दिइएको हो । रथ यात्रा हरेक वर्ष महिला दिदीबहिनीको अगुवाइमा निकालिने र त्यसमा पुरुषको सहयोग हुने गर्दछ ।

विदुरस्थित लोकतान्त्रिक चौतारोमा अवस्थित लक्ष्मीनारायण मन्दिरबाट निकालिएको रथयात्रा विदुरस्थित विभिन्न टोल, चोक, बस्ती र समुदायको परिक्रमा गराएर पुनः सोही मन्दिरमा नै रहेर विसर्जन गर्ने गरिएको रथयात्रामा सहभागी स्थानीयवासी सुशील रिजालले बताए । उनका अनुसार रथयात्राको परिक्रमा गराएमा लोक तथा समुदायको हित हुने, रोग ब्याधा तथा दुःखकष्ट हटेर जाने जनविश्वास रहेको छ । 

रथयात्राले सकारात्मक सोचाइको विकास गराउँछ भने सबै जाति, वर्ग, समुदाय तथा धर्मावलम्बीको सहभागिताले पारस्पारिक सद्भाव, धार्मिक सहिष्णुतासमेत कायम गर्न सहयोग पुग्दै आएको रथयात्रामा सहभागी शिक्षक नवराज पाण्डेले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्