Nic Ad Nic Ad
Nic Ad Nic Ad
आइसिसी विश्वकप लिग–२

यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– आइसिसी विश्वकप लिग–२ क्रिकेटयूएईविरुद्ध नेपालले रोमाञ्चक जीत दर्ता गर्दै महत्त्वपूर्ण २ अंक बटुलेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आजको खेलमा घरेलु टोलीविरुद्ध ४२ रनको जीत दर्ता गर्दै नेपालले महत्त्वपूर्ण २ अंक बटुलेको हो । यससँगै नेपाल ३२ अंकका साथ तालिकाको पाचौं स्थानमा उक्लिएको छ । 

आजको जीतले नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष ३ मा पर्ने सम्भावना जीवित राखेको छ ।

निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाउँदै २२९ रनको योगफल तयार पारेको हो । नेपालका लागि भीम सार्कीले ७० रनको अर्धशतकीय इनिङ खेले भने आरिफ शेखले ४३ रनमा अविजित रहे । 

यस्तै, सन्दीप लामिछाने २७ रन बनाएर आउट हुँदा करण केसी १७ रनमा आउट भए भने प्रतिश जिसी ११ रनमा अविजित रहे ।

nepal_win wc21678112078.jpg

त्यसअघि ६८ रनमा ५ विकेट गुमाएको नेपाललाई सन्दीप र भीम सार्कीले छैटौँ विकेटका लागि ५६ रनको साझेदारी गरे ।

त्यसैगरी, आरिफसँग भीमले ७ औँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपालको इनिङ समानजक अवस्थामा पुर्‍याएका थिए। अन्य ब्याटरहरूले भने गतिलो स्कोर बनाउन सकेनन् ।

यूएईलाई लक्ष्यसम्म पुग्न नदिने क्रममा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले शानदार बलिङ गरे । युएईलाई १८७ रनमा समेट्ने क्रममा नेपालका दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट झारे ।

त्यसैगरी,आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए । 

युएईका लागि ओपनर मुहम्मद वासिम शून्य रनमा आउट भएका थिए भने अर्का ओपनर आसिफ खानले ८२ रनको योगदान दिए । त्यसैगरी आर्यन लाक्राले ५० रन जोडे भने वृत्य अरविन्दले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

अब नेपालमा हुने ४ खेलमा जीत निकाल्न सके नेपाल शीर्ष ३ मा परेर सिधै विश्वकप क्वालिफायरमा पुग्ने छ भने थप २ जीत दर्ता गर्दा १ दिवसीय मान्यता जोगिने छ । 


 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १८:५८
प्रतिक्रिया दिनुहोस्