Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिकिस्त बिरामीलाई काठमाडौँ पुर्‍याउनुपर्ने बाध्यता हट्दै

मंगलबार, फागुन २३, २०७९

नेपालगन्ज– नेपालगन्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौँ वा भारतको लखनउ पुर्‍याउनुपर्ने बाध्यता हट्दै गएको छ ।

सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगन्जस्थित वेस्र्टन अस्पतालले अत्याधुनिक सुविधासहित ८ शय्याको सघन उपचार कक्ष (आइसियू) सेवा सुरु गरेपछि अब सिकिस्त बिरामीको उपचार पनि नेपालगन्जमै सम्भव भएको अस्पतालका प्रबन्ध निर्देशक डा। राहुल थापाले जानकारी दिए ।

उनका अनुसार यसअघि भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा सीमित सघन उपचार कक्ष रहे पनि सिकिस्त बिरामीको संख्या धेरै हुने हुँदा थप उपचारका लागि काठमाडौँ वा भारतको लखनउ रिफर गर्नुपर्ने बाध्यता थियो ।

आइसियू सञ्चालन नहुँदा वेस्टर्न अस्पतालले मात्रै दैनिक करिब ५ जना सिकिस्त बिरामीलाई थप उपचारका लागि काठमाडौँ वा भारतको लखनउ पठाउँदै आएको थियो ।

अब नेपालगन्जमै आइसियू कक्ष भएपछि बिरामीले आफ्नै ठाउँमा सहज रूपमा उपचार पाउने डा। थापाको भनाइ छ ।

आइसियूमा भर्ना हुने हरेक बिरामीका लागि १–१ जना तालिम प्राप्त नर्सका साथै चौबिसै घन्टा ‘क्रिटिकल केयर कन्सल्टेन्ट’ चिकित्सकको निगरानी रहने व्यवस्था मिलाइएको छ ।

यस्तो सुविधा भएको आइसियू सञ्चालन गर्ने वेस्टर्न अस्पताल काठमाडौँ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्