Nic Ad Nic Ad
Nic Ad Nic Ad

पराशर क्षेत्र संरक्षणमा कठिनाइ

मंगलबार, फागुन २३, २०७९

तनहुँ– धार्मिकस्थल महर्षि पराशर तपोभूमि एवं पराशर क्षेत्रको संरक्षणमा कठिनाइ भएको छ । यो क्षेत्र दमौलीस्थित मादीसेतीको संगमस्थल नजिकै छ ।     

धार्मिक क्षेत्रको संरक्षण गर्न कुनै पनि निकायले चासो नदिँदा पराशरको धार्मिक इतिहास भविष्यमा मेटिन सक्ने पराशर संरक्षण समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार यहाँ बनाइएका योजना पूरा गर्न कुनै पनि निकायले चासो नदिँदा समस्या परेको हो ।

‘पराशर क्षेत्र मादी नदीको किनारमा रहेकाले बाढी पहिरोको जोखिममा छ, यो ठाउँ सुरक्षित राख्न विभिन्न निकायसमक्ष सहयोगको अपिल गरिए पनि सहयोग नपाउँदा सकस भएको छ,’ अध्यक्ष श्रेष्ठले भने । 

पराशर क्षेत्रका भौतिक संरचनाको संरक्षण गर्न मादी नदी किनारतर्फ पर्खाल र तारबार गर्न आवश्यक छ । ‘तर, यसको संरक्षणमा कुनै निकायको सहयोग छैन,’ उनले भन्े । 

पराशर क्षेत्रमा महर्षि वेदव्यास वेदविद्याश्रम ९गुरुकुल संस्कृत विद्यालय० सञ्चालन गरिएको छ । ‘गुरुकुलको माथिल्लो तल्लामा ध्यान कक्ष बनाएर यहाँबाट संस्कार, संस्कृति र नैतिक शिक्षा प्रदान गर्ने स्थल बनाउने उद्देश्य पूरा हुन सकेको छैन,’ श्रेष्ठले भने ।

यहाँबाट दमौली तथा जिल्लाका बटुक बस्न तथा संस्कृत पठनपाठनका लागि नआउँदा यसको संरक्षण कठिन भएको बताइएको छ ।  

सहज रुपमा पराशर पार्क पुग्न झोलुंगे पुल बनाइएको छ । पुलबाट दैनिक पर्यटकसँगै व्यास नगरपालिका–५ का पाटनबासीलाई दमौली बजारबाट सामान लिन आवतजावतमा सहज भएको छ ।

पराशर क्षेत्रको संरक्षण तथा पर्यटक आकर्षण गर्न पराशर क्षेत्रमा पार्क निर्माण थाले पनि अहिले अलपत्र छ । नगरपालिकाले सदरमुकाम दमौलीमा धार्मिक पर्यटक बढाउन पराशर पार्क निर्माण थालेको थियो ।

तर, अहिले काम अघि बढ्न सकेको छैन । चार वेद र १८ पुराणका रचयिता व्यासको पार्क नजिकै गुफामा जन्म भएको जनविश्वास छ । पराशर क्षेत्र परिसरमा नै सञ्चालनमा रहेको गुरुकुलसमेत पूर्ण रूपमा बन्न सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्