तस्बिरमा १६औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपको उद्घाटन
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौँको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपको उद्घाटन गरेका छन् ।
प्रतियोगितामा नेपालसहित एसियाका ४० देखि ४५ राष्ट्रका करिव ४५० जना खेलाडीहरुको सहभागिता छ ।
प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किमि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किमि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किमिका कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुने छ ।
प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गरेको हो । यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा प्रतियोगिता नेपालले आयोजना गरेको थियो ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद, कर्णाली खेलकुद विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटिभी प्लसको सहयोग रहेको छ ।
त्यस्तै अन्य सहयोगीमा ग्रान्डी इन्टरनेसनल हस्पिटकल, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्स्योरेन्स, डाबर नेपाल, एमएडब्लू लाइफ जिप, नेपाल टेलिकम, केल्मी, हाम्रो खेलकुद, क्लासी प्रिन्टर, गोल्ड स्टार, जेट्स ट्राभल्स र गोकर्ण गल्फ रिसोर्ट छन् ।