नेभिगेशन
समाज विविध

मेडिकल कलेजमा विद्यार्थी भर्ना संख्या तोकियो

काठमाडौँ –चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका विभिन्न कार्यक्रमको विद्यार्थी भर्ना संख्या निर्धारण गरेर मेडिकल कलेजहरूलाई विद्यार्थी भर्नाको कोटा (संख्या) तोकेको छ ।

आयोगले मेडिकल कलेजहरूलाई विद्यार्थी भर्नाको कोटा तोकेको सूचना मंगलबार सार्वजनिक गरेको छ ।

नयाँ शैक्षिक सत्रको लागि फागुन १४ मा बसेको आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रमको सिट निर्धारण बाँडफाँडको निर्णय गरेको आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले बताए ।

आयोगले यस वर्ष एमबिबिएसका लागि १ हजार ८९५, बिएनएसमा १ हजार ३१०, बिडिएसतर्फ ५६०, बिएएमएसमा ८०, बिपिएचमा ८४० बि फार्मामा ८१५ सिट तोकेको हो ।

आयोगले सबै विषयमा गरेर ७ हजार ६५९ सिट संख्या तोकेको छ । गत वर्षहरूभन्दा यस वर्ष बिपिएचमा विद्यार्थी भर्ना संख्या घटाइएको छ ।

हाल सञ्चालनमा रहेका प्रायः सबै मेडिकल कलेजले एमबिबिएसमा १०० सिट नै पाएका छन् । २१ वटा मेडिकल कलेजमध्ये १७ वटा मेडिकल कलेजले १०० सिट पाएका छन् ।

कुन कलेजले पाए कति सिट ?

देवदह र जानकी मेडिकल कलेज  ५०/'५० (एमबिबिएस)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली  ३० (एमबिबिएस)

विपी प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, केयू स्कुल अफ मेडिकल साइन्सेज, युनिभर्सल मेडिकल कलेज र कान्तिपुर डेन्टल कलेज र पिपुल्स डेन्टल कलेज  ५०/५० (बिडिएस)

चितवन मेडिकल कलेज, कलेफ अफ मेडिकल साइन्सेज, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज  ४०/४० (बिडिएस)

महाराजगन्ज मेडिकल क्याम्पस र गण्डकी मेडिकल कलेज  २५/२५ सिट (बिडिएस)

नेशनल मेडिकल कलेज  २० (बिडिएस)

नोबेल मेडिकल कलेज  ३० (बिडिएस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता