Nic Ad Nic Ad
Nic Ad Nic Ad

अख्तियारद्वारा उच्चको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँको फैसलामा चित्त नबुझेको भन्दै ४ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामा चित्त नबुझेकोले ४ वटा मुद्दा सर्वोच्चमा पुनरावदेन गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रवक्ता थपलियाका अनुसार विशेष अदालतबाट  विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानि, सार्वजनिक सम्पत्ति हानि–नोक्सानी, राजस्व हिनामिना र गलत लिखतसम्बन्धी गरी ४ मुद्दामा आयोगको निर्णयअनुसार मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

दिनेश अर्याल, दीपिका रेग्मी, डोमा शेर्पा र कृष्णकुमार नेपालविरुद्धको मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्