Nic Ad Nic Ad
Nic Ad Nic Ad

द्वन्द्वकालिन घटना संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन हुनुपर्छ : कांग्रेस

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– नेपाली कांग्रेसले द्वन्द्वका बेलामा भएको सबै घटना संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले २०५२ देखि २०६२ सालसम्मका द्वन्द्वका बेलामा भएका सबै घटना संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्ने बताए । 

फौजदारी न्यायको सामान्य प्रक्रियाबाट नभई संक्रमणकालीन न्यायकै प्रबन्धबाट द्वन्द्वकालीन मुद्दा हल गर्नुपर्ने धारणा राख्दै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनलाई परिमार्जित गरेर विधेयकका रूपमा तत्काल संसद्मा पेस गरेर कानुन बनाउनुपर्ने र कानुनअनुसार आयोग गठन गरेर सबै कामलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने बताए ।

लेखकले द्वन्द्वका बेलामा भएका सबै घटना संक्रमणकालीन न्यायकै माध्यमबाट सम्बोधन गर्नुपर्छ भन्ने विषय सर्वोच्चलाई राम्रोसँग जानकारी भएको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्