कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
दोहा– कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै उनले अर्का एक जनालाई गृहमन्त्री बनाएका छन् ।
अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्रीबाट तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरेका छन् ।
विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उनले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९ १७:४१
प्रतिक्रिया दिनुहोस्