Nic Ad Nic Ad
Nic Ad Nic Ad

अञ्जन र अरुणा भए वर्ष खेलाडी, अरु के-के भए ? [तस्बिरसहित]

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– फुटबलका अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष–२०७८ को वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौँमा आयोजना गरेकोे प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ मा महिला र पुरुषबाट बिष्ट र शाही वर्ष खेलाडी घोषित भएका हुन् । उनीहरुलाई कार्यक्रममा सो अवार्ड प्रदान गरिएको छ ।

अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पार्दै उक्त अवार्ड जितेका हुन् । उनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा योगदान गरेका थिए ।

बिष्टले विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइबिरुद्ध ऐतिहासिक गोल गरेका थिए । साथै उनले १३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशबिरुद्ध गोल गरेका थिए ।

बिष्टले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरेका छन् ।

anjan bista1678193693.jpg

 

वर्ष महिला खेलाडीमा अरुणा शाही

त्यस्तै, वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी छन् ।

वर्ष महिला खेलाडी घोषित अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पारेकी हुन् ।

अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । अरुणाले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरेकी छन् ।

aruna shahi1678193715.jpg

 

पिपुल्स च्वाइस अवार्ड उषा भण्डारीलाई

त्यसैगरी, पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।

उषाले मनोनयनमा परेका फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामालाई पछि पार्न सफल भइन् । 

पिपल्स च्वाइस विधाको लागि ईसेवाबाट आएको मतभार ५० प्रतिशत रहेको थियो । त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक)को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२.५ प्रतिशत रहेको थियो । 

नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) नेपाली महिला भलिबल टोलीले रजत जित्दा उषा सदस्य थिइन् । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

usha bhandari1678193787.jpg

 

लाइफटाइम एचिभमेन्ट रघुराज वन्तलाई

त्यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ ।

raghuraj wanta1678193846.jpg

 

युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई

त्यस्तै, युवा खेलाडीको अवार्ड फुटबलर मनिष डाँगीले जितेका छन् । अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एसियाकै हेभिवेट फुटबल राष्ट्र इराकबिरुद्ध उनले उत्कृष्ट गोल गर्न सफल भएका थिए । उनले साफ फुटबल च्याम्पियन्सीपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सबिरुद्ध निर्णायक गोल समेत गरेका थिए ।

manish dangi1678193963.JPG

 

पारा एथ्लिट् अवार्ड पलेशा गोवर्द्धन श्रेष्ठलाई

ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठले पारा एथ्लिट् अवार्ड पाएका छन् । जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जितेका थिए । पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उनी पहिलो खेलाडी हुन् ।

उनले एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए । बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजी मुनी क्याटागोरी ४४ मा स्वर्ण पदक जितेका थिए । एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली हुन् ।

 

उत्कृष्ट प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी

यस्तै, वर्षको उत्कृष्ट प्रशिक्षक राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी घोषित भए । अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल एसिया कपको छनोटसम्म पुगेको थियो । 

वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अलमुताइरीले भलिबलका जगदिशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पारे ।

almutarai best coach in nepal1678193874.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्