नेभिगेशन
खेलकुद

आइसिसी विश्वकप लिग–२ : अन्तिम सिरिजका लागि राष्ट्रिय टिम घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ। 

मंगलबार सार्वजनिक नेपाली टिममा कुशल भुर्तेल ओपनरमा फर्किएका छन् । त्यस्तै, सन्दीप जोरा टिमको वैकल्पिकमा झारिएका छन् ।

यस्तो छ नेपाली टिम :–
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी  ।

वैकल्पिक:  सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद ।

नेपाल, युएई र पिएनजीबीच नेपालमा फागुन २५ देखि लिग–२ को अन्तिम सिरिज हुँदैछ । नेपालमा हुने ४ खेलमा जीत निकाल्न सके नेपाल शीर्ष ३ मा परेर सिधै विश्वकप क्वालिफायरमा पुग्ने छ भने थप २ जीत दर्ता गर्दा १ दिवसीय मान्यता जोगिने छ । 

nepali cricket team announced can1678205973.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद