Nic Ad Nic Ad
Nic Ad Nic Ad

इराकमा बम विष्फोट : पाँच जनाको ज्यान गयो 

बुधबार, फागुन २४, २०७९

बग्दाद– इराकमा सोमबार राति भएका बम विष्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ । इराकको पूर्वी प्रान्त दियालामा सो बम विष्फोट भएको यहाँको सुरक्षा स्रोतले जानकारी दिएको छ । 
सो विष्फोटमा परेर पाँच जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन् । 
 
दियाला प्रान्तीय प्रहरीका मेजर अला अल–साउदीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकमा बम राखिएको थियो । सडक किनारामा कुनै अज्ञात समूहले बम राखेको र सो बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका पाँच जना सर्वसाधारणको ज्यान गएको हो । 
 
सो सडक भएर हिँडिहेका बटुवा चार जना घाइते भएका पनि उनले जानकारी दिए । यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । 
 
इराकी प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाएको छ । पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतंककारी आक्रमणहरूमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट गराएको अनुमान गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०६:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार