नेभिगेशन
समाचार

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा बिहीबार हुने राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । 

साथै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । 

राष्ट्रपति निर्वाचनमा भाग लिने नलिने भन्ने विषयमा राप्रपामा विवाद देखिएको बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार