सुन र चाँदीको मूल्य घट्यो
काठमाडौँ –नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।
छापावाल सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि ४० रुपैया घटेको छ । चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९ १२:४०
प्रतिक्रिया दिनुहोस्